अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड सञ्चालनमा

पाेखरा | मंसिर १४, २०७९

अवरुद्ध पोखरा–सिक्लेस सडकखण्ड सञ्चालनमा तस्बिरः मादी १ का वडाध्यक्ष देविजंग गुरुङको फेसबुकबाट

 
पोखराः   कास्कीको पर्यटकीय क्षेत्र मादी गाउँपालिका १ सिक्लेस जाने अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ । हिजो (मंगलबार) अपह्रान्ह करिब ४ बजे खसेको सुख्खा पहिरोका कारण सडक अवरुद्ध भएको थियो । 


पोखरा–सिक्लेस ग्रामीण सडकखण्ड अन्र्तगत खिलाङ र चिप्लीगाउँबीचको खोलामा सुख्खा पहिरोसहित ठुलो ढुङ्गा खस्दा सडक अवरुद्ध भएको सडक सञ्चालनमा आएको ​मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । मादी गाउँपालिका, मादी ६ र १ को समन्वयमा सडक सञ्चालनमा आएको जानकारी दिए । सडक सञ्चालन गर्न मादी ६ को सडक निर्माण गरिरहेको एक्सभेटरको मद्धतमा सडक सञ्चालनमा ल्याएको हो । 


मंगलबार अपह्रान्ह करिब ४ बजे  झरेको सुख्खा पहिरोले सडक अवरुद्ध भएपछि सिक्लेसबाट पोखरा आउने र पोखराबाट सिक्लेस जाने यात्रु तथा पर्यटकहरुले सवारी परिवर्तन गरेर गन्तव्यमा पुगेको थिए ।
 

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्